नियम १०
निरीक्षकको योग्यता
ऐनको दफा १४ बमोजिम निरीक्षकको पदमा तोकिनको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि विज्ञान विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी नेपाल कृषि सेवाको बाली संरक्षण समूहमा कार्यरत अधिकृत वा सोही सेवा समूहको
प्राविधिक सहायक पदमा रही क्वारेन्टाईन सम्बन्धी कामको कम्तीमा पाँच वर्षको अनुभव प्राप्त गरेको निजामती कर्मचारी हुन पर्नेछ ।